IME Life New

तिलक कोईरालाले तोडे अनसन, ‘यो नेपालका सबै लगानीकर्ताको जित हो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूँजी बजारको सुधारका लागि १९ बुँदे माग राख्दै विगत १२ औ दिनदेखि आमरण असन बसेका शेयर लगानीकर्ता तिलक कोईरालाले अनसन तोडेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जुस खुवाएर कोईरालाको अनसन तोडाएका हुन् ।

कोईरालाले नेपाल धितोपत्र बोर्ड सँग १९ बुँदे माग पुरा गर्ने सहमतिपत्रमा हस्ताक्षर गरे सँगै अनसन तोडेका हुन् । कोईरालाको माग र नेपाल धितोपत्र बोर्डको माग एउटै भएकाले आगामी दिनमा माग पुरा गर्ने सहमतिपत्रमा हस्तारक्ष भएको अध्यक्ष हमालले जानकारी दिए । उनले भने ‘भोलि शनिवार भयो अव आइतबारदेखि माग कार्यान्वयन समितिले कामहरु अगाडी बढाउनेछ ।’

Esewa
Crest

कोईरालाले अगाडी सारेका यि कामहरु बाहेक अन्य कामहरुका लागि पनि सहकार्य गरेर अगाडी बढ्ने भन्दै अध्यक्ष हमालले प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंक सँग समन्वय गर्ने कार्यहरु अगाडी बढाइरहेको समेत उनले बताए । आवस्यक परेमा बजार उकास्नका लागि आवस्यक परेमा सरकार सँग पनि समन्वय गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपालको पूँजी बजारलाई राम्रो बनाउने १९ बुँदे मागहरु राखेर आमरण अनसन पछि यि मागहरु अगाडी बढाउन बोर्ड सँग सहमति भएको अनसनकर्ता कोईरालाले बताए । यो नेपालका सबै लगानीकर्ताको जित भएको उनले बताएका छन् । यस पछि अव लगानीकर्ताहरुले कहिले पनि आन्दोलन गर्न नपर्ने उनले जनाएका छन् ।  उनले अनसनका क्रममा साथ र सहयोग दिने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।

कोइराला असार १ गतेदेखि आमरण अनसन बस्दै आएका थिए । कोईरालाको मागलाई विभिन्न वरिष्ठ नेताहरुले एक्यवद्धता तथा प्रतिवद्धता व्यक्त गरेका थिए । उनको माग पुरा गराउन सबैले चौतर्फी दवाव दिए पछि नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल सरकार तयार भएको छ । उनका माग पुरा गर्नका लागि एक उच्चस्तरिय समिति बनेको छ । यहि समिति मार्फत कोईरालाको माग पुरा गर्ने सहमति पनि भएको छ । आजैको मितिदेखि आन्दोलका कार्यक्रमहरु अन्त्य भएको कोईरालाले घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS