काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज असार ९ गते हुँदैछ । कम्पनीको बैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीको सभा बानेश्वर हाइट, काठमाडौंमा रहेको कार्यालयमा बिहान ११ बजेगर्ने जनाएको छ ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिको निर्वाचन गर्ने र समितिको बैठकमा उपस्थित भए बापत पाउने बैठक भत्ता तथा सुविधाको विषयमा पनि आवश्यक छलफल गरी स्वीकृति प्रदान गर्नेछ ।