काठमाडौं । शेयर बजार नेप्शे परिसूचक ३१ दशमलव २१ को विन्दुमा कायम हुँदा १८ सय ९३ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज कुल ८४ करोड ३७ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ । आज नबिल बैंकको ३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसैगरी आज नेपाल बैंक लिमिटेडको पनि धेरै शेयर कारोबार भएको छ । नेपाल बैंकको कुल २ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको २ करोड ५४ लाख र एनआइसी एसिया बैंकको २ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।