Connect IPS
IME Life

५ वर्षपछि नेपालको सबै नीजि अस्पताल बन्द हुने: दुर्गा प्रसाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ बीमा अन्तर्गतको सेवा प्रदान गरे बापत रकम भूक्तानी नदिएको भन्दै मेडिकल कलेज सञ्चालकहरुले आक्रोस व्यक्त गरेका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै विएण्सी मेडिकल कलेज विर्तामोड र नोवेल मेडिकल कलेज विराटनगरले यहि असार २० गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

विएण्सी मेडिकल कलेज विर्तामोडका सञ्चालक दुर्गा प्रसाईले बोर्डले रकम भूक्तानी नगरेकाले स्वास्थ्य बीमा गरेका बिरामीहरुलाई सेवा दिन नसक्ने बताएका छन् । गत कार्तिक महिनादेखि हालसम्म करिब १० महिनाभित्र ४५ करोडमाथिको रकम भूक्तानी लिनुपर्ने प्रसाइको भनाई छ । उनको अस्पतालले दैनिक एक हजारको संख्यामा स्वास्थ्य बीमा भएका बिरामीलाई सेवा दिँदै आइरहेको छ । तर बोर्डबाट समयमै भूक्तानी नपाएकोले यो सेवा सम्बन्धिको उपचार बन्द गर्ने निर्णय गरेको उनले बताए ।

Prabhu
Crest

सरकारको यस्तै गैर जिम्मेवारीका कारण अबको ५ वर्षपछि नेपालमा खुलेका निजि अस्पताल सबै बन्द हुने अवस्थामा पुग्ने प्रसाइको भनाई छ । उनका अनुसार हाल नेपालमा उत्पादन भएका डाक्टर नर्सलाई व्यवस्थित गर्न नसक्दा विदेशीने क्रम जारी छ । यसरी नेपालमा उत्पादन हुने स्वास्थ्य क्षेत्रका जनशक्ति विदेशिने नेपालमा भएकाहरुको उमेर ढल्किने सेवा दिन नसक्ने र विदेशमा पढ्न जानेहरु उतै बस्ने भएकोले फिलिन्स भारतबाट नर्स ल्याएर अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था आउने उनले बताए ।

नोवेल मेडिकल कलेज विराटनगरले पनि गत कार्तिकदेखि स्वास्थ्य बीमा बोर्डबाट भूक्तानी नपाएको अस्पतालका व्यवस्थापन विभागका प्रतिनिधि भीम ब. चन्दले बताए । उक्त मेडिकलले दैनिक १५ सय जनालाई स्वास्थ्य बीमा सम्बन्धि सेवा दिँदै आएको उनले बताए । हाल नोवेल मेडिकलले बोर्डबाट ५४ करोड भूक्तानी लिनुपर्ने उनको भनाई छ । बोर्डले दिनुपर्ने भूक्तानी रोकेकोले अस्पतालका कर्मचारीलाई ३ महिनादेखि तलब खुवाउन नसकेको उनी बताउँछन् । एकदिनमै सकिने कामलाई बोर्डले महिनौ लगाउने र झुलाउने गरेको छ । यदि आवश्यक परेम आफूहरु पोलिसी करेक्सन गर्न समेत तयार भएको तर सरकारले ८ महिनादेखिको रकम भूक्तानी नगरेमा असार २० गतेबाट स्वास्थ्य बीमा बापतको सेवा बन्द गर्ने उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS