काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले असार ३० गतेभित्र उक्त रकम जम्मा गर्न आग्रह गरेको हो ।
कम्पनीको बैशाख ९ गते सम्पन्न चौथो वार्षिक साधारणसभाको निर्णयअनुसार पूँजीवृद्धि गर्न बीमा समितिबाट स्वीकृत प्राप्त भएको र सोही बमोजिम उक्त रकम जम्मा गर्नु परेको कम्पनीले जनाएको छ ।
कम्पनीले उक्त थप शेयर वापतको रकम नबिल बैंक तिनधारा शाखाको खाता नम्बर १७०१०१७५०१३३८ र ग्लोबल आइएमई बैंकको डिल्लिबजार शाखामा रहेको खाता नम्बर ८०१०१००००२४४ मा असार ३० गतेभित्र जम्मा गर्न आग्रह गरेको छ ।