Connect IPS
IME Life

आजसम्म शेयर किन्नेले सानिमा लाइफको लाभांश पाउने, एजिएम कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने भएसँगै आज मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले असार २० गते चौथो वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू हिसाब, नगद प्रवाह,नाफा नोक्सान लगायतका वित्तीय सूचकहरु छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७७ /७८ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू। २ अर्बको आधारमा कुल ४ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । सभाले कम्पनीको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ४ दशमलव २ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांशलाई समेत वितरण योग्य बनाउँनेछ ।

सभाले संचालक समितिमा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने गरी एक जना सञ्चालकको निर्वाचनको गर्नेछ । कम्पनीको अधिकृत तथा चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

साथै, अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS