IME Life New

कार्यालय प्रयोजनका लागि नेपाल लाइफले खरिद गर्यो १८ करोड ११ लाखको घरजग्गा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा घर जग्गा खरिद गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक प्रयोजनका लागि २ वटा घर खरिद गरेको जनाएको छ ।

कम्पनीको चैत ७ गते बसेको संचालक समितिको ३३४ औं बैठकको निर्णयले घर जग्गा खरिद गर्ने निर्णय गरेको थियो भने बीमा समितिले कम्पनीलाई जेठ ३० मा घर जग्गा खरिदको लागि स्वीकृति प्रदान गरेको थियो ।

Esewa
Crest

कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा अवस्थित बालमुकुन्द तुलाचनको नाममा रहेको कित्ता नं. ९२ को २ वटा घरसहित २९९ वर्ग मिटर क्षेत्रफल जग्गा १७,२५,००,००० र रजिष्ट्रेशन शुल्क ८६,२५,००० गरी जम्मा जम्मा १८ करोड ११ लाख २५ हजार रुपैयाँमा कम्पनीको व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि घर खरिद गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS