IME Life
GBIME

आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले असार १ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

आइपीओ विक्री खुला असार ६ गतेसम्म हुने भनिएको भए पनि सरकाले सातामा १ दिन मात्र बिदा दिन थालेकोले असार ५ गते बैंकिङ समयपश्चात् नै आवेदन बन्द गरिने कम्पनीले जनाएको छ।

Crest

सर्वसाधारणमा निष्काशन हुन लागेको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा १० कित्ताभन्दा बढी आवेदन दिनु नपर्ने देखिएको छ । यस आइपीओ निष्काशन तथा विक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आवेदकले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूसँगै मेरो शेयर एप र सफ्टवेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS