Connect IPS
IME Life

लघु बीमाः फ्ल्याट रेटमा बीमालेख नबेच्न निर्देशन दिएको दश महिनामा पनि रोकिएन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । म्यादी लघु बीमा योजनामा जीवन बीमा कम्पनीले समान बीमाशुल्क दरमा बीमालेख बिक्री गर्दा विकृति निम्तिएको भन्दै बीमा समितिले गत भदौ दोश्रो सातादेखि रोक लगायो । यो रोक लागेसँगै समान बीमा शुल्क दर(फल्याट प्रिमियम रेट) मा बीमालेख बिक्री गर्न स्वीकृति पाएका र नपाएका दुबै खाले बीमा कम्पनीले बीमालेख बिक्री गर्ने रोक लगाउने अपेक्षा गरिएको थियो ।

तर बीमा समितिले निर्देशन जारी गर्ने र कार्यान्वयनमा ल्याउन नसक्ने निरिहताका कारण समितिले दिएको निर्देशन सबै जीवन बीमा कम्पनीले फोहोरको टोकरीमा मिल्काई दिए । समितिको निर्देशनका बावजुद सबै उमेर समूहका बीमितको लागी समान बीमाशुल्क दरमा जीवन बीमा गरिदिने लिखित प्रस्ताव लघु वित्त कम्पनीहरुमा पठाउने क्रम जारी नै राखे । समझदारी संभव भएका लघु वित्तलाई समान बीमाशुल्क दरमै म्यादी लघु बीमालेख बिक्री गर्ने क्रम अझै तीब्रताका साथ बढाए ।

Prabhu
Crest

नियामकको बदमाशीः
बीमा समितिले नियामकको हैसियतमा रहँदा समितिबाट इजाजत प्राप्त सबै बीमकलाई समान हैसियतमा व्यवहार गर्नुपर्छ । तर समान बीमाशुल्क दर(फ्ल्याट प्रिमियम रेट) को हकमा केही जीवन बीमकलाई मात्र बीमालेख बिक्री गर्न स्वीकृति प्रदान गर्यो र बाँकीले स्वीकृति माग गर्दै मिल्दैन भन्दै फर्काई दियो ।

छोटो समयको लागी मात्र जोखिम बहन गर्नुपर्ने र समयावधि पुरा भएलगत्तै बचत रकम नाफामा जोड्न पाइने भएकाले जीवन बीमा कम्पनीहरुले जसरी पनि म्यादी लघु बीमालेख बिक्री गर्नै पर्ने बाध्यता थियो । त्यसैले फ्ल्याट रेटको स्वीकृति नपाएका बीमकले पनि चोर बाटोको प्रयोग गरे र नियामकलाई जस्तालाई त्यस्तै भनेझैं गरेर प्रतिस्पर्धामा उत्रिए ।

कसरी दिंदैछन् फ्ल्याट रेटः
जीवन बीमामा बीमितको उमेर समूहका आधारमा जोखिमको मूल्यांकन गरेर फरक फरक बीमाशुल्क दर तय गरिएको हुन्छ । यूवा उमेरको बीमितको आयू लामो हुने र वृद्धावस्थाका बीमितको बाँकी आयू छोटो हुने, रोग,शारीरिक सबलता लगायतको जोखिमका कारण यूवा उमेरका बीमित भन्दा वृद्ध उमेरका बीमितको लागी बीमाशुल्कको दर महँगो हुन्छ । तर जीवन बीमा कम्पनीहरुले जुनसुकै उमेर समूहका बीमितको लागी एउटै दरमा म्यादी लघु बीमा बिक्री गरिरहेका छन् ।

वृद्ध अवस्थाका बीमितको उमेर समेत यूवा अवस्थाको बीमितको उमेर सरह उल्लेख गरेर बीमाशुल्क दरको सीमा छल्ने काम जीवन बीमा कम्पनीले गरिरहेका छन् । यसबाहेक बीमाशुल्क दरमा रहेको फरक रकम लघुवित्तले प्राप्त गर्ने अभिकर्ता कमिशनबाट समायोजन गरिएको छ । यसका अतिरिक्त व्यवसाय प्रवद्र्धन खर्च,व्यवस्थापन खर्चबाट समेत बीमाशुल्कको अतिरिक्त भारलाई जीवन बीमा कम्पनी आफैंले व्यहोरेरै भएपनि लघु बीमा बिक्री गर्ने कार्य जारी राखेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS