IME Life New

मन्थली नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको आयोजनामा मन्थली नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिले स्थानीय निकायको समन्वयमा बमिा सम्बन्धी अन्तक्रिया कार्यक्रममको आयोजना गर्दै आएकोमा समितिले आज रामेछाप नगरपालिका र मन्थली नगरपालिकाबीच स्थानिय तहसँग उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम मन्थली नगरपालीकाको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रमका सहभागिहरुले स्वास्थ तथा कृषि बीमामा हुने गरेको झंझटिलोपन र अज्ञानताका कारण सर्वसाधारणले पाएको दुःख र परेको समस्याका बारेमा पनि कुरा उठाएका थिए । त्यस बाहेक कोरोना बीमाको दाबी भुक्तानीको विषय उठान गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारीले कोरोना बीमाको रकम सरकारले उपलब्ध नगराएका कारण भुक्तानी गर्न नसकिएको बताएका छन् । उनले उक्त रकम सरकारबाट भुक्तानी आउना साथ सबै बीमितहरुले पाउने जानकारी दिए । सबै वीमा कम्पनीहरु शहर र सदरमुकाम केन्द्रित हुँदा बीमा सम्बन्धि अभियान र चेतना गाउँ गाउँमा पुग्न नसेकेका भन्दै यसको विस्तारका लागि समितिले काम अघि बढाई सकेको जानकारी पनि दिए ।

साथै, उनले बीमा समितिको निर्देशन विपरित जाने जुनसुकै बीमा कम्पनीहरुलाई कारवाहि गरिने चेतावनि दिए । बीमा क्षेत्रको प्रभाबकारीतालाई निति सम्मबत रुपमा गाउँ गाउँ सम्म पुर्याउनु कम्पनीहरुको जिम्मेवारी भएको भन्दै सबै कम्पनीहरुलाई ईमान्दार पुर्वक काम गर्न आग्रह गरे ।

त्यस्तै,कार्यक्रममा रामेछाप नगरपालीकाको नगर प्रमुख लबश्री न्यौपानेले बीमा सबैको लागि अनिवार्य भएकाले बीमाको अभियानलाई सबैको पहुँचमा गाउँसम्ममा पुर्याउनुपर्ने बताए । बीमा सेवा गाउँमा पुर्याउनका लागि यस नगरपालीकाले पनि आबश्यक सहयोग गर्ने र सोही अनुरुप कम्पनीहरुले पनि बीमितलाई सरल र सहज सेवा उपलब्ध गराउन आग्रह समेत गरे ।

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लीला राज पौडेलले नेपालको संन्दर्भमा बीमाको महत्व झनै बढि हुने भएको र पछिल्लो समयमा नेपाल सरकारले पनि स्वास्थ्य ,कृषि,लगायत विभिन्न क्षेत्रमा हुने जोखिमलाई न्युनिकरण गर्नका लागि बीमालाईनै मुख्य आधार बनाएकोले सबै कम्पाीहरुले बीमा सेवालाई विस्तार गरी सबैमा सहि ढङले बीमा सेवा पुर्याउनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS