IME Life New

भारतमा पूनर्बीमा कम्पनी खोल्न निजी क्षेत्रले गर्यो प्रस्ताव, के वैदेशिक लगानीको पूनर्बीमा कम्पनीले इजाजत पाउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा विदेशी लगानी सहित निजी क्षेत्रको पहिलो पूनर्बीमा कम्पनी स्थापनाको लागी नियामक निकायसमक्ष निवेदन दिएको छ ।
जनरल इन्स्योरेन्स कम्पनी गो डिजिट जनरल इन्स्योरेन्सको व्यापारिक साझेदार क्यानडाको प्रसिद्ध फेयरफ्याक्स समूह र भारतीय प्रवद्र्धक कमलेश गोयलले भारतमा निजी क्षेत्रको लगानीमा पूनर्बीमा कम्पनी संचालन गर्न इजाजत पत्रको लागी भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई ) मा निवेदन दिएका हुन् ।

दुई पक्षले पूनर्बीमा कम्पनी स्थापना गर्न हालको न्यूनतम पूँजी भारु २ अर्ब ९३ अर्ब २० करोड रुपैयाँको दोब्बर पूँजी लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारत सरकारले बीमा कम्पनीहरुमा ७० प्रतिशतसम्म वैदेशिक लगानी खुल्ला गरेको छ । भारतमा वैदेशिक संयुक्त लगानीमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरु संचालनमा रहे पनि सरकारी स्वामित्वको पूनर्बीमा कम्पनी जनरल इन्स्योरेन्स कर्पोरेशन (जिआइसी) मात्र संचालनमा रहेको छ ।

Esewa
Crest

निजी क्षेत्रले संयुक्त वैदेशिक लगानीमा पूनर्बीमा कम्पनी संचालन गर्ने आवेदन दिएपनि यो आइआरडिएआइको स्वीकृतिको विषय भएको भारतीय अनलाइन संचार द बिजनेश स्टाण्डर्डले उल्लेख गरेको छ । जिआइसी रि पूनर्बीममकले भारतीय निर्जीवन बीमकहरुबाट सरकारी संरक्षणमा अनिवार्य बीमा अन्तर्गत निश्चित प्रतिशत पूनर्बीमा व्यवसाय प्राप्त गर्दै आएको छ।

१ अप्रिल २०२२ देखि, राज्यको स्वामित्वमा रहेको पुनर्बीमा कम्पनी जिआइसी रि सँग पुनर्बीमा गरिएको प्रत्येक निर्जीवन बीमालेखको लागि अनिवार्य बीमा पूनर्बीमाशुल्कको ४ प्रतिशत रहेको तोकिएको छ। यसअघि यो पाँच प्रतिशत रहेकोमा यसवर्षदेखि ४ प्रतिशतमा झारिएको छ । जिआइसी रिलाई आइआरडिएआइले भारतीय पूनर्बीमा व्यवसायको प्रस्ताव स्वीकार्ने वा नस्वीकार्ने पहिलो अधिकार दिएको छ।

जिआइसी रि बाहेक, भारतमा १० वटा विदेशी पूनर्बीमा कम्पनीका शाखा संचालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS