IME Life New

एशीयन लाईफ इन्स्योरेन्सले चैत २५ गतेदेखि हकप्रद बिक्रि गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


एसियन लाइफ इन्सुरेन्सको ६० प्रतिशत हकप्रद चैत २५ गतेबाट निष्कासन हुने भएको छ । कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको हकप्रदमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।हकप्रद भर्ने अन्तिम म्याद वैशाख २९ गते तोकिएको छ । लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

Crest

यस हकप्रद सेयरमा एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट आवेदन दिन सकिन्छ । एसियन लाइफको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु र सि–आस्वाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

एसियनले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो । हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा धेरै पुग्नेछ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS