IME Life New

आँधिखोला लघुवित्तले दियो कर्जा व्यवस्थापन तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुलाई कर्जा अधिकृतको भुमिका र भाखा नाघेको कर्जा व्यवस्थापन सम्बन्धमा तालिम दिएको छ। लघुवित्तले आज एक कार्यक्रमको आयोजना गरि रोल अफ लोन अफिसर एण्ड डेलीक्वेन्सी म्यानेजमेन्टबारे आफ्ना कर्मचारीलाई दुई दिने तालिम दिएको हो।

आर्थिक तरलताको कारण वैकिङ जगतमा परेको प्रभाव वाट कार्यक्रममा पारेको प्रभाव लाई मध्यनजर गर्दे, ग्राहक सँगको सम्वन्ध लाई सुमधुर वनाउदै निजहरुको ब्यवसायको संरक्षणका लागि संस्थाले आगामी दिनमा खेल्नु पर्ने भुमिकाका वारेमा समेत तालिममा जानकारी दिइएको छ।

Esewa
Crest

तालिममा स्याङजा, कास्की, तँनहु, लमजुङ,नवलपरासी, रुपन्देही , कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा गरी ११ जिल्लाका १९ वटा शाखाका कर्मचारीहरुलगाएत संस्थाका अध्यक्ष तथा लघुवित्त वैकर्स संघका कोषाध्यक्ष नरेश के.सी, संस्थाका सञ्चालक विद्या श्रेष्ठ र युक्त वहादुर सुवेदी लगाएत प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी, नायव कार्यकारी प्रमुख वावुराम कुँवर लगाएत विभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमको सहजकर्तामा तिर्थ रत्न कोनाजु थिए भने अन्य सहजकर्तामा नायव कार्यकारी प्रमुख लगाएत विभागिय प्रमुखहरु रहेको थियो।

तालिमको उद्धघाटन शत्रमा वोल्दै संस्थाका अध्यक्ष नरेश के.सी , विद्या श्रेष्ठ र युक्त वहादुर सुवेदीले कर्मचारीको हक हितका लागि संस्था सदैव सकारात्मक रहेको तथा ग्राहक आफ्ना भगवान ठानी उनीहरुसंग गरिने ब्यवहार र प्रदान गरिने सेवा सुविधामा कुनै पनि कसुर वाँकी नराखी काम गर्नका लागि सहभागी कर्मचारीहरु लाई निर्देशन दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले संस्थामा भाखा नाघेको कर्जा वढिरहेको अवस्था लाई मध्यनजर गरी कर्जा अशुलीका लागि प्रभावकारी तवरले लाग्नका लागि निर्देशन दिएका थिए ।

नायव कार्यकारी प्रमुख वावुराम कुँवरले तालिममा सिकेको ज्ञानको प्रभावकारी कार्यन्वयनको लागि हामी सवै कर्मचारी लगनशिल भई ईमान्दारीतापुर्वक लाग्नु पर्ने कुरामा जोड दिदै कर्मचारीको ब्यक्तित्व विकाशका लागि कर्मचारीहरु लाई फरक फरक विद्यामा फरक फरक सहजकर्ता द्धारा प्रशिक्षण दिदै जाने कुराको संस्थागत प्रतिवद्धता ब्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS