IME Life New

कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यस योजनाले गत जेठ १२ गतेदेखि इकाई विक्रीमा ल्याएको थियो । फण्डले छिटो अवधि जेठ १७ गते तोकिएको थियो । यस अवधिसम्म विक्री हुन नसकेको यस इकाई ढिलो अवधि जेठ २६ गतेसम्म विक्री गरेको जनाएको छ ।

क्यापिटलले प्रतिइकाई १० अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्रीमा ल्याएको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई विक्री गरेको हो ।

Esewa
Crest

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । क्यापिटललेनै इकाई विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्नेछ । सिडिएस क्लियरिङ्गका अनुसार यस फण्डको इकाईमा बुधवार बिहान १० बजेसम्ममा १ लाख ३७ हजार ७०४ जना आवेदकले ११ करोड ६३ लाख ६५ हजार ३५० इकाईका लागि आवेदन दिएका छन् ।

उक्त फण्डको इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS