Connect IPS
IME Life

लगानीकर्ताको पोर्टफेलियो १५० प्रतिशतले गुम्दा राष्ट्र बैंक बन्यो पहिलो कारक, अझै कति घट्ला शेयर बजार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार अधिकतम विन्दुमा हुँदाको दिनमा लगानीकर्ताको जुन पोर्टफेलियो थियो आजका दिनमा आउदा लगभग १५० प्रतिशत भन्दा धेरैले घटिसकेको छ । बढ्दो शेयर बजारलाई नकारात्मक रुपमा टिप्पणी गरिरहेका गभर्नर महाप्रसाद अधिकारीको दोस्रो मौद्रिक नीति तथा यस भन्दा अगाडीका मौद्रिक समिक्षाले लगानीकर्तालाई नराम्रो सँग फसायो ।

गभर्नर अधिकारीले कुन पोलिसी ल्याउदा बजार घट्छ भन्दै अध्ययन गरी गरी अंकुल लगाए । उनको बजार घटाउने सबैभन्दा ठुलो हतियार शेयर धितोकर्जामा ४/१२ करोडको अंकुस नै काफी भयो । लगानीकर्ताले अधिकारीको कदमलाई लिएर ठुला ठुला राजनीतिक शक्तिकेन्द्र नै धाए । यो लगायत अन्य विषयलाई अर्थमन्त्री जनार्दन शर्माले हटाउन दिएको निर्देशनलाई अधिकारीले टेरपुच्छर लगाएनन् । अन्तत अर्थमन्त्री शर्माले अपदस्थसम्म गर्न भ्याए । तर सर्बोच्चले उनको असंबैधानिक गैरकानुनी सावित गर्दै पदबहाली गरिदियो । त्यस पछि शेयर बजार गभर्नर अधिकारी प्रति त्रसिद छ ।

Prabhu
Crest

यसरी शेयर बजारको पहिलो कारक अर्थमन्त्री शर्मा बने । तर शेयर बजार घट्नुमा गभर्नर अधिकारी मात्रै कारक भने होइनन् । शेयर बजार घट्नुमा कोभिड १९ पछिको आर्थिक मन्दी अर्को ठुलो कारण हो । कोभिड १९ को समयमा आयातदेखि लिएर सम्पुर्ण अर्थतन्त्र लगभग बन्द जस्तै रह्यो । तर यहि बेलामा ठुला तथा साना लगानीकर्ताले बजार प्रवेश गरे । उनिहरुको प्रवेश सँगै गत भदौ २ गते शेयर बजारले सर्वाधिक उचाइ चुम्यो ।

तर कोभिड १९ को प्रभाव विस्तारै कम हुँदै जादा शेयर बजार प्रवेश गरेका ठुला तथा बाँठा लगानीकर्ताहरु बाहिरिए । यस अवधिमा सोझा साझा लगानीकर्ताले पत्तै पाएनन् । यस सँगै शेयर बजारको लिक्वीडिटी पनि गुम्यो । साना तथा अल्पकालिन लगानीकर्ताले बजार थाम्न सक्ने अवस्थै रहेन ।

गभर्नर महाप्रसाद अधिकारीले ठुला लगानीकर्तालाई मात्रै नियालेर अंकुस लगाउदा सबैभन्दा ठुलो मारमा अहिले संस्थागत लगानीकर्ताहरु बैंकहरुले लगानी गरेका म्युचुअल फण्ड, बीमा कम्पनी, इन्भेष्टमेन्ट कम्पनी छन् ।

यहि शेयर बजार असार मसान्तसम्ममा पनि यहि अवस्थामा रहने हो भने अधिकाम्स बैंकहरुको लाभांशदर घट्नेछ । बीमा कम्पनीहरु लाभांश नै दिन नसक्ने अवस्थामा पुग्नेछन् । किनकी उनिहरुले लगानीको गरेको लागत मूल्य भन्दा बजार मूल्य धेरै तल झरिसकेको छ । लागत मूल्य भन्दा बजार मूल्य तल झर्ने वित्तीकै कम्पनीहरुले प्रोभिजनिङ गर्नु पर्छ ।

शेयर बजार गत भदौ २ गते सर्वाधिक उचाइमा हुँदा ३१९९ थियो । आजको दिनसम्ममा शेयर बजार ११२१ अंकले घटिसकेको छ । भदौ दुई गते बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब थियो । आजको दिनसम्ममा २९ खर्ब ५९ अर्बमा खुम्चिसकेको छ । यस अवधिमा बजार पूँजीकरण मात्रै ३३ प्रतिशतले घटेको छ । तर सर्वसाधारण लगानीकर्ताको पोर्टफेलियो भने १५० प्रतिशत भन्दा धेरैले घटिसकेको छ । यस अवधिमा संस्थागत लगानीकर्ताले एभरेजिङ गर्दा गर्दै खर्बौ रुपैयाँ गुमाइसकेका छन् ।

अझै पनि मौन्द्रिक नितिले शेयर बजारलाई सकारात्मक रुपमा नलिने हो भने धेरै लगानीकर्ताहरु सडकमा आउनु पर्ने अवस्था आउन सक्छ । विश्लेषकहरुमा अनुसार यदि राष्ट्र बैंक तथा अर्थमन्त्रालयले शेयर बजारलाई संबोधन गर्यो भने शेयर बजार २००० को लाइनबाट फर्किन सक्छ । तर राष्ट्र बैंकले अझै पनि ४/१२ को सिमा, सिडी रेसियो लगातका विषयमा अडान लिइरह्यो भने शेयर बजार १८ सय भन्दा तल झर्ने उनिहरुको तर्क छ ।

शेयर बजार सुधार हुनका लागि अहिलेको आर्थिक मन्दी विस्तारै हट्दै जानु पर्छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई हेर्दा अर्थतन्त्र तत्काल सुधार हुने जस्तो देखिदैन । तर कार्तिक मंसिरमा संघिय चुनाव हुँदैछ । चुनावसम्ममा शेयर बजार केहि सुधार हुने अनुमान गरिएको छ । तर स्थानीय तहको निर्वाचनलाई हेर्दा जुन किसिमले बजारमा पैसा आउछ भन्ने आकलन गरिएको थियो त्यस्तो देखिएन । यसले पनि लगानीकर्तालाई केहि निरास बनाएको छ ।

यदि बजारलाई चलायमान बनाउने र पूँजी भित्र्याउने हो भने सरकारले गैर आवासिय नेपालीलाई शेयर बजारमा प्रवेश गराउनु पर्ने हुन्छ । ताकी बजारको अहिलेको गुमेको तरलता फर्किनेछ । तर यो पनि दीर्घकालिन समाधान भने होइन । कसैले पनि शेयर बजारमा गुमाउनका लागि लगानी गर्दैन । यदि गैर आवासिय नेपालीले पनि सुरुमा शेयर बजारमा ठुलो रकम लगानी गर्ने र केहि समय पछि बढ्ने वित्तीकै बिक्री गरेर बाहिरिए भने अझ् ठुलो जोखिम भने कायमै रहने छ । त्यसैले शेयर बजार सुधारका लागि बाह्य शक्तिकेन्द्रलाई आह्वान गर्ने भन्दा पनि आन्तरिक रुपमै अर्थतन्त्र बलियो बनाउनु पर्छ । जसले शेयर बजारलाई दीगो बनाउन सकोस् ।

अर्को तर्फ शेयर बजार बढ्ने वित्तीकै आत्तीने अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंकले पनि बजार प्रति सदासयता राख्न सक्नु पर्छ । केहि व्यक्तिले शेयर बजारबाट कमाए भन्ने ध्ययमा अंकुस लगाउदा साना लगानीकर्ताहरु पनि फरिरहेको कुरालाई यस्ता निकायले मनन गर्नु पर्छ । यस्ता निकायले शेयर बजारलाई एउटा करिडोरमा राख्नका लागि पोलिसी भने बनाउन सक्छन् । जसले बजारलाई धेरै उछाल आउन पनि नदिओस र धेरै घट्नबाट पनि रोकोस् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS