काठमाडौं । आज नेप्से परिसूचक १४ दशमलव १७ अंकले बढेर २,७२६ को विन्दुमा कायम भएको छ ।आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभरका लगानीकर्ताले १३ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोका लगानीकर्ताले ११ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् । शिखर पावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।













