IME Life New

अधिकांश वित्तीय सूचकमा निफ्रा कमजोर, समस्या र चुनौती के-के छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा निफ्राले ९१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा बैंकले १ अर्ब ५१ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १९.९८ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा घटेर १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षमा सञ्चालन मुनाफा १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि १९.८० प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षमा बैंकले १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षमा बैंकले १ अर्ब ९० करोड ८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ब्याज आम्दानी २३.८९ प्रतिशतले कम हो।

चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको रिजर्भ र सरप्लसमा ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भ र सरप्लसमा ४ अर्ब १६ करोड ५३ लाख रुपैयाँ थियो। रिजर्भ र सरप्लसको आकार पनि ११.१० प्रतिशतले घटेको छ।

समीक्षा वर्षमा बैंकले ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षमा बैंकले ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ४.५७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ५.७१ रुपैयाँ थियो। पीई रेसियो ५३.७३ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११७.२२ रुपैयाँ रहेको छ।

आन्तरिक समस्या र चुनौती

  • बैंकको सम्पत्ति तथा दायित्वको बेमेलका कारण उत्पन्न हुने जोखिमको व्यवस्थापन।
  • बजारको ब्याजदरमा हुने उतारचढावका कारण खुद ब्याज आम्दानीमा आउने कमीको व्यवस्थापन।

बाह्य समस्या र चुनौती

  • इन्धनको मूल्यमा अत्याधिक वृद्धि र कच्चा पदार्थको अभाव तथा अस्वभाविक मूल्य वृद्धि।
  • अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरता र व्यवसायीहरुको आत्मविश्वमा ह्रास।
  • अर्थतन्त्रमा आएको सुस्तताका कारण पर्याप्त संख्यामा थप परियोजनाहरुका अवसरहरु नहुनु।
  • नयाँ परियोजनाहरुको लगानीमा बैंक तथा वित्तीय संस्थाहरुबीच तीव्र प्रतिस्पर्धा।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS