IME Life New

एलआईसी नेपालले १२ प्रतिशत बोनस सेयर प्रस्ताव सहित बेलायो आज साधारणसभामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


लाइफ इन्स्योरेन्सकर्पोरेसन (एलआइसी नेपाल) ले १२ प्रतीशत बोनस सयेर दिने विशेष प्रस्ताव सहित चैत ४ गते(सोमबार वार्षिक साधारण सभा बोलाएको छ । बोनसमा लाग्ने कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश दिने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७३।७४ को वार्षिक साधारण सभा अहिले गर्न लागेको हो । कम्पनीको गत आर्थिक वर्षको लाभांश र साधारण सभा मितिे घोषणा हुन अझै बाकि नै रहेको छ ।

Esewa
Crest

सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा हुने भएको छ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि लगिनेछ ।

यसैगरी उक्त साधारणसभामा प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पेश हुनेछ ।

लाइफ  कर्पोरेसनले साधारण सभा गर्न फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज गरिरहेको छ । फागुन २० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ छ । १२ प्रतिशत बोनस सयेर वितरणपछि १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS