IME Life New

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले जेठ १९ गतेदेखि आइपिओ निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले जेठ १९ गतेदेखि २४ गतेसम्म सार्वजनिक निष्काशन गर्ने भएको छ । फण्डले प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई मध्ये बीज पूँजी बापत न्युनतम एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरुक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाईको सार्वजनिक निष्काशन गर्न थालिएको हो ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि हरेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकाम्स रकम धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने क्यापिटलले जनाएको छ ।

Esewa
Crest

उक्त योजनाको प्रमुख विशेषता भनेको योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समुहमा वर्गिकरण गरी जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रितफल प्राप्त गर्न सकिन्छ सोहि समुह अन्तर्गतका कम्नपीहरुमा लगाने गर्ने रणनीति रहेको छ ।

यस योजनाको लागि लगानीकर्ताहरुले १०० इकाई र अधिकतम एक करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सक्ने छन् । लगानीकर्ताले मेरो शेयरको अनलाइन प्रणाली वा सि-आस्वा प्रणालीबाट आवेदन दिन सक्नेछ ।

उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभर १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ । इकाई खरिदका लागि नेपाली नागरिक, गैरआवासिय नेपालीको प्रमाणपत्र जारी भएका व्यक्ति, प्रचलित कानुन बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था बैंक वित्तीय संस्था बीमा कम्पनी कुनै पनि वर्ग वा समुहले खडा गरेका कोषहरुले आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS