IME Life New

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका सचिन जङ्ग रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले आजदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंक बाट बैंकिंग शुरु गरेका रायमाझीको नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक र प्रभू बैंक)मा गरी कुल एक्काइस बर्षको बैंकिङ अनुभव रहेको छ । विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भुमिका निर्वाह गरीसेका उनले नायव प्रमुख कार्यकारी अधिकृतको भुमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पुर्याउनेमा बैंकले विश्वास लिएको छ ।

Esewa
Crest

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जङ्ग रायमाझीले बैंकमा पुयाएको योगदानको उच्च कदर गर्दै बैंकको संचालक समितिले उनलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS