साताको पहिले दिन नेप्से ९ दशमलव १२ अङ्कले बढेर ११११ दशमलव ७६ अङ्कमा बन्द भएको छ । २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
होटल, डेभलमेन्टबैक र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै शाईन रैसाङ डेभलमेन्ट बैंकको ४ करोड ४६ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरैे आशा लघृवित्त वित्तिय संस्था सेयरमा ९ दशमलव ८५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै तिनाउ डेभलपमेन्ट बैंकको शेयर ६ दशमलव ७४ प्रतिशतले घट्न पुग्यो ।
जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।