काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहिन भएको छ ।
आइतवार विहान पोखराबाट उडान भरेको तारा एयरको ९ एनएइटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराले जनाएको छ ।
जहामा चालक दलका सदस्य सहित १९ जना यात्रु सवार रहेको प्राविधिकरणले जनाएको छ ।