IME Life New

सिटिजन लाइफको १४७ औ शाखा स्वयम्भुमा, छोटो अवधिमै २ करोड बीमा शुल्क आर्जन गर्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले स्वयम्भुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको छोटो अवधिमै उक्त शाखाले २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । शाखा सञ्चालनमा आएको छोटो अवधिमै यति धेरै सफलता हालत पार्ने यो पहिलो शाखा रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीले आजै शाखा उद्घाटन समारोह तथा २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको सफलतामा केक काटेर उत्सव बनाएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, व्यवसाय विभाग प्रमुख सुनिल पोख्रेल, एशिया शाखा प्रमुख विष्णु प्रसाद सापकोटा, स्वयम्भु शाखा प्रमुख कल्पना कार्की भण्डारी लगायतका कर्मचारीको उपस्थिति थियो । त्यस्तै अभिकर्ताहरु जीवन केसी, युवराज पराजुली, मन माया श्रेष्ठ, निरु केसी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन सिइओ पौडेलले पानसमा बत्ती बालेर गरेका थिए भने शाखा प्रवन्धक भण्डारीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रमको सञ्चालन एरिया शाखा प्रवन्धक सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS