IME Life New

बोनशमा लाग्ने कर बापतको रकम जम्मा गर्न गरिमा विकास बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १६ प्रतिशत बोनशमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार गरे पश्चात् शेयर खरीद गरेका सदस्यहरुले कर बापतको रकम बुझाउनुपर्ने जनाएको छ ।

यी दुई कम्पनीबीच प्राप्ति प्रक्रिया पूरा भई २०७८ साल कात्तिक २८ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो । एकीकृत कारोबारपश्चात् कायम शेयरधनीहरुले बोनश शेयरमा लाग्ने कर बापतको रकम गरिमा विकास बैंक लिमिटेडको लाजिम्पाट, काठमाडौंमा एनआईबिएल एस क्यापिटल जिबिबिएल बोनश ट्याक्स २०७७र७८ नाममा रहेको खाता नम्बर ०४०००१०१०१३८९३०००००१ मा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीले यस वर्षको १६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव चैत १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । सहारा विकास बैंकलाई प्राप्ति गरेपछि कायम चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाखको आधारमा कम्पनीले उक्त बोनश शेयर वितरण गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले २०७८ साल चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS