IME Life New

एनएमबि बैंकले विक्री गरेको उर्जा ऋणपत्र बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेडले विक्री गरेको उर्जा ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले बैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३ ९४’ नामको ऋणपत्र विक्री गरेको थियो । यस ऋणपत्र ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रहेको छ ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र जेठ १० गते बाँडफाँड गरिएको हो । बैंकले कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री खुला गरेको थियो भने १४ लाख कित्तामध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १३ लाख ३० हजार कित्ता सार्वजनिक निष्काशन गरेको थियो ।

Esewa
Crest

बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको १ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२ ९३’ नामको ऋणपत्र विक्री गरेको थियो ।

बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS