Connect IPS
IME Life

चुनाव पछि बढ्न थाल्यो निक्षेप, जेठ पहिलो साता ७ अर्बले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चुनाव सकिए सँगै बैंकिङ प्रणालीमा निक्षेप आउन थालेको छ । चुनाव अगाडी बैंकिङ प्रणालीबाट ४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएकोमा चुनाव पछि जेठ पहिलो सातामा ७ अर्बले बढेको छ ।

बाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी पनि २ अर्बले बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षमा कुल निक्षेप १ खर्ब ७५ अर्ब रुपैयाँले बढेको छ । ऋण भने ४ खर्ब ७३ अर्ब रुपैयाँले बढेको छ ।

बैशाख २ गते वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप बैशाख ९ गतेसम्म आइपुग्दा १० अर्बले घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको थियो । त्यस्तै, बैशाख ९ गतेदेखि १६ गतेसम्मको अवधिमा भने एक अर्ब रुपैयाँले निक्षेप बढेको थियो ।

त्यस्तै, बैशाख १६ गते देखि २३ गतेसम्म ५ अर्ब रुपैयाँले निक्षेप बढेर ४३ खर्ब ७३ अर्ब पुगेको थियो । बैशाख २३ गते देखि ३० गते सम्म आइपुग्दा उक्त निक्षेप घटेर ४३ खर्ब ७० अर्ब रुपैयाँमा पुगेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS