Connect IPS
IME Life

पेट्रोलदेखि सुनसम्म यि हुन् सर्वाधिक धेरै आयात भएका १० सामाग्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । व्यापार घाटा चुलिदा सर्वाधिक धेरै आयात भएका १० कम्पनीकै हिस्सा ३०.४६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सर्वाधिक धेरै डिजेल आयात भएको छ । बैशाख महिनासम्ममा एक खर्ब २३ अर्ब रुपैयाँको डिजेल भित्रिएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार दोस्रो धेरै आयात हुनेमा पेट्रोल रहेको छ । यस अवधिमा पेट्रोल मात्रै ५४ अर्ब ८३ रुपैयाँ आयात भएको छ । तेस्रो धेरै आयात हुनेमा खाना पकाउने ग्यास ‘एपिजी’ रहेको छ । यस्तो नेपालले यस अवधिमा ५२ अर्ब रुपैयाँको ग्यास आयात गरेका छन् ।

Prabhu
Crest

खाना पकाउन प्रयोग हुने क्रुड सोयाबिन आयल पनि सर्वाधिक धेरै आयात हुनेमा पर्दछ । नेपालले समिक्षा अवधिमा ४९ अर्ब ४१ करोड रुपैयाँको आयात गरेको छ । अर्को धेरै आयात हुनेमा घर तथा पुर्वाधार निर्माणका लागि प्रयोग हुने छडमा प्रयोग हुने फलाम आयात भएको छ । फलाम मात्रै ४३ अर्ब ५५ करोड रुपैयाँको आयात भएको छ ।

सर्वाधिक धेरै आयात हुने ५ वस्तु इन्टरनेट, टेलिफोन तथा विद्युतीय तार रहेको छ । समिक्षा अवधिमा यस्तो तार ३६ अर्ब ९४ करोड रुपैयाँको आयात भएको छ ।  छैठो नम्बरमा रहेको क्रुड प्लाम आयल ३४ अर्ब ७४ करोड रुपैयाँको आयात भएको छ । मानव स्वास्थ्यमा प्रयोग हुने भ्याक्सिन पनि यस वर्ष सर्वाधिक धेरै आयात भएको छ । जसमा कोभिड १९ को भ्याक्सिन सबैभन्दा धेरै छ । यसको आयात समिक्षा अवधिमा ३२ अर्ब ६ करोड रुपैयाँको रहेको छ ।

कोइलाजन्य सामाग्रीको आयात पनि सर्वाधिक धेरै आयात हुने सूचिमा छ । यसको आयात ३१ अर्ब ८० करोड रुपैयाँ भन्दा माथि छ । सर्वाधिक धेरै आयात हुने दशौ नम्बरमा सुन रहेको छ । यस अवधिमा सुन मात्रै २९ अर्ब ७० करोड रुपैयाँको आयात भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS