काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्री गर्ने जनाएको छ । संस्थाले एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।
कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गर्न लागेको हो ।
कम्पनीले उक्त शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय धनगढी २ कैलाली वा कम्पनीको कर्पोरेट कार्याय बूढानीलकण्ठ ८, काठमाडौंमा निवेदन पेश गर्न आग्रह गरेको छ ।