IME Life New

सपोर्ट लघुवित्तद्धारा सञ्चालित २ दिने व्यवसायिक तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त संस्थाले धनकुटाको छथर जोरपाटी गाउँपालिकामा दुधबाट बन्ने परिकार सम्बन्धी दुई दिने व्यावसायीक तालिम सम्पन्न गरेको छ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सीनाको सभापतित्वमा, छथर जोरपाटी गाउँपालिका प्रमुख छत्र सुब्बाको प्रमुख आतिथ्यता, गाउपालिका उपाध्यक्ष गीता खेवाको विशेष आतिथ्यता, छथर जोरपाटी गाउँपालिका वार्ड नं ६ का वडा अध्यक्ष दिपक गुरुगँ तथा छथर जोरपाटी, सिधुवा प्रहरी ईन्चार्ज भल बहादुर कटुवालको उपस्थिति साथै केन्द्रिय कार्यालयको योजना तथा अनुगमन विभागका विभागीय प्रमुख संजय चौधरी, सिधुवा र धनकुटा शाखाका कर्मचारीहरुको उपस्थितिमा उक्त तालिम सम्पन्न भएको हो । लघुवित्तले आफ्नो सदस्यहरुलाई २ दिने दुधबाट बन्ने परिकार सम्बन्धी व्यावसायीक तालिम सम्बन्धि सिप सिकाउन उक्त कार्यक्रम आयोजना गरिएको सिधुवा शाखा प्रमुख बालकृष्ण तिम्सीनाले बताए । कार्यक्रमको अबसरमा सम्पुर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेको हो ।

Esewa
Crest

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलमणि तिम्सिना, छथर जोरपाटी गाँउपालिकाका अध्यक्ष, उपाध्याक्ष, वडा अध्यक्षले स्वागत मन्तव्य राखेका थिए ।
लघुवित्त संस्थाको छुटै पहिचान बनाउँदै प्रदेश नं १ का विभिन्न जिल्लामा शाखा संञ्जाल विस्तार गरी वचत तथा ऋणको कारोबार संगै सामाजिक कार्य पनि गर्दै आएको संस्थाले जानकारी दिएको छ । सहभागी सदस्यहरु संस्थाले प्रदान गर्दै आएको सेवा सुविधाहरुबाट सन्तुष्ट रहेको र कार्यक्रम लाई सकारात्मक रूप लिएको जानकारी गराए । उक्त कार्यक्रमको अवसरमा अतिथिको रुपमा प्रकाश राज शर्मा ,नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत, अतिथिः डा गणेश भट्टराई, (सञ्चालक, लक्ष्मी लघुवित्त), अतिथिः माधव प्रसाद शर्मा (सञ्चालन तथा अनुपालना कर्जा विभाग, लक्ष्मी लघुवित्त) को समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रममा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृतले सपोर्ट लघुवित्तले एकदमै उदाहरणी काम गरेको र यस कार्यले गरिब जनता तथा सदस्यहरुलाई व्यवसायिक रुपमा आत्मनिर्भर बन्नलाई टेवा पुर्याएको बताए । साथै विशेष अतिथि तमर डरीको प्रबन्ध निर्देशक योजना अधिकारीले यस तालिमले सदस्यहरुलाई व्यावसाय गर्न अझ थप मदत पुग्ने बताए ।

उक्त कार्यक्रमको अन्तीम दिन सहभागि सबै सदस्यहरुलाई संस्थाको प्रमख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्ष प्रदिप अधिकारी मार्फत प्रमाण पत्र समेत वितरण गरिएको थियो । साथै उक्त तालिममा दुग्ध विकास बोर्डका शंकर अधिकारीले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रमको समापनमा उहाँलाई पनि मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा धनकुटा जिल्लामा रहेका शाखा कार्यालयहरु धनकुटा र सिधुवाका ३४ जना सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त २ दिनको तालिममा सदस्यहरुलाई दहि, पनिर, रसभरि, गुलाव जामुन, मिल्क केक, लस्सी, खुवा, पेडा, लालमोहन, गुंदपाक, पुष्ठकारी बनाउन सिकाईएको कार्यक्रम सञ्चालक तथा योजना, अनुगमन विभागका प्रमख संजय कुमार चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS