काठमाडौं । लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले विशेष साधारण सभा जेठ २३ गते गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले सभा कम्पनीको कार्यालय काठमाडौंमा दिनको १ बजे हुने जानकारी दिएको छ । सभाले अधिकृत तथा जारी पूँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले कम्पनीको ठेगाना परिवर्तन गरी प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।