IME Life New

सांग्रिला डेभलपमेन्टका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुपको सेवामा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीबीच सम्झौता भएको छ । बैंक र यस ग्रुपबीच बैंकका आफ्ना ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरे ।

Esewa
Crest

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS