GBIME
IME Life

सगरमाथा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १४% ले बढ्यो, खुद नाफा २८ करोड ७१ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा सामान्य बृद्धि भएको छ । यस अवधिमा कम्पनीले आफ्नो अधिकांश सूचकमा प्रगति गरेको वित्तीय विवरण प्रकाशन गरेको छ ।

१ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६० करोड ८६ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

SKYWELL
Crest

यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब १८ करोड २५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ९५ करोड ६६ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार पनि बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । गत आर्थिक वर्षमा ९५ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ९ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १४ दशमलव ९९ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको खुद नाफा २८ करोड ७१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २८ करोड ५४ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा सामान्य बृद्धि भएको हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ६७ करोड ८९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३४ रुपैयाँ ४५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २७१ रुपैयाँ रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS