IME Life New

लाभांश पारित गर्न विन नेपाल लघुवित्तले बोलायो एजिएम, संचालकको निर्वाचन गर्ने एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २० गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपल्चोकमा बिहान ११ बजे गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई ९ दशमलव ३३ प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनश वितरण पश्चात कायम हुने शेयरको अनुपातमा सर्वसाधारणको लागि एफपीओ जारी गर्न प्रवन्धपत्र संशोधन गर्ने रहेको छ ।

Esewa
Crest

सभाको अन्य प्रस्तावमा कम्पनीको केन्द्रीय कार्यालयको स्थान परिवर्तन गर्ने र सो बमोजिम कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, यस कम्पनी अन्य कुनै लघुवित्त कम्पनी एक आपसमा गाभ्ने गाभिन वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

त्यसैगरी कम्पनीको सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS