काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १ लाख २५ हजार ६८० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सदस्यहरुको नाममा रहेको उल्लेखित शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।