IME Life New

एनसीसी बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्धिगणेश माध्यमिक विद्यालय परिसरमा भएको यस कार्यक्रममा बैकका चौतारा शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु पर्ने बारे जानकारी गराइएको थियो । ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, बीत्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुद्धिकरण र विद्युतिय कारोवार बारे नेपाल राष्ट्र बैकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले प्रष्ट पारेका थिए ।

Esewa
Crest

दोस्रो सत्रमा सोही बैकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैकको इतिहास बताउदै वित्तीय साक्षरमा तर्फ अग्रसर बन्नु पर्ने कुरामा जोड दिदै बैकले दिइरहेको सेवा सुविधा सम्बन्धी जानकारी गराए ।

सयजना भन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाको उपस्थिति उल्लेख्य रहेको थियो । सहभागिहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बिमा, शेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा बैंकका प्रबन्धक श्री गिरीले अहिले चौतारा शाखाले १० हजार औषधि बिमा सुबिधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी गराउंदै बैंक बचतकर्ताहरुको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताए । त्यसै गरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका ग्राहक हित संरक्षण गर्न प्रतिवद्ध रहेको कुरामा थप प्रष्ट पार्दै उनले सहभागीहरुलार्ई धन्यवाद व्यक्त गरे । सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रबन्ध निर्देशक टेकनाथ पोखरेलले संचालन गरेका थिए ।

एनसीसी बैंकले ७ वटै प्रदेशमा १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS