Connect IPS
IME Life

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । यस ऋणपत्रमा छिटोमा आज बैशाख २५ गतेसम्म आवेदन दिन सकिने भएपनि यस समयमा ऋणपत्र नबिकेपछि ढिलो अवधि जेठ ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले आज बैशाख २१ गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गरेको हो । बैंकले १० वर्षे अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदर ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी १ अर्ब ३२ करोड बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा विक्री गरिने जनाएको छ ।

सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये पनि बैंकले १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

केयर रेटिङ्ग नेपालले बैंकको ऋणपत्रलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यस रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको मानिन्छ ।

ईच्छुक खरीदकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

उक्त ऋणपत्रमा विक्री प्रबन्धकसँगै आवेदकहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS