Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारी स्वामित्वमा रहेको जीवन बीमा कम्पनि राष्ट्रिय बीमा संस्थानले शाखा प्रमुख तथा प्रधान कार्यालयको संयुक्त उपस्थितिमा समिक्षात्मक गोष्ठी सम्पन गरेको छ ।

गोष्ठीमा शाखाको व्यवसायिक विवरण र भावी योजनाहरुको बारेमा बृहत छलफल भएको संस्थानले जनाएको छ । विभागीय प्रमुखहरुले सेवाग्राहीको सेवालाई सहज बनाउने विषयमा आफनो धारणा व्यक्त गरे ।

Prabhu
Crest

गत आर्थिक वर्षमा प्रथम बीमाशुल्क जम्मा गर्न सफल तिन उत्कृष्ट शाखा नारायणगढ, बुटवल र बिराटनगरलाई प्रशंसापत्र, नगद र खादा ओढाई संस्थानका प्रशासक कबि प्रसाद पाठक, सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठ र नायब महाप्रबन्धक महेश रिमालले संयुक्त रुपमा सम्मान तथा अभिनन्दन गरेका थिए ।

विभिन्न विषयमा छलफल पश्चात घोराही शाखाका प्रमुख सुजित प्रसाद शाहले ‘ व्यावसायिक रणनीतिक योजना ‘ प्रस्तुत गरि बीमा संस्थानका व्यवस्थापकलाई समिक्षा गरि कार्यान्वयन गर्न आग्रह गरे ।

बिगतको तुलनामा राष्ट्रिय बीमा संस्थानले प्रतिस्पर्धी बजारमा आफ्नो बजार हिस्सा बढाउन सक्रियता बढाएको देखिन्छ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS