Connect IPS
IME Life

ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा पुन : महानायक राजेश हमाल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ । कम्पनीको स्थापना काल देखिनै ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा रहेका महानायक र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता नविकरण गरिएको हो ।

सम्झौता पत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश हमालले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि ब्राण्ड एम्बेसडर महानायक हमालले ज्योति लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन् ।

Prabhu
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी तथा सरलताले भरिएका अभिनेता महानायकसँगको सहकार्यले ज्योति लाईफको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बताए । उक्त सम्झौता पत्रमा हस्ताक्षर भने यही बैशाख २२ गते भएको उनले बताए ।

त्यस्तै महानायक राजेश हमालले ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा निरन्तरता दिन पाउँदा खुसी लागेको र कम्पनीको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS