IME Life New

एनसीसी बैंक अवकाश कोषले वितरण गर्यो ७६ प्रतिशत लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसीसी बैंक अवकाश कोषले संचित बचतको ७६ प्रतिशत लाभांश वितरण गरेको छ । यस कोषले गत २०७८ आषाढ मसान्तसम्मको संचित बचतबाट ७६ प्रतिशत रकम जम्मा रु ३ करोड ७९ लाख ५० हजार ३ सय ९४ रुपैया यस अवकाश कोषमा सहभागी कर्मचारीहरुलाई सोहि अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १ प्रतिशत लाभांश रकम निजहरुकै सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरिएको जनाएको छ।

उक्त कोषले विगत वर्षहरुमा पनि आफ्नो संचित बचत रकमबाट आफ्ना बचत कर्ताहरुलाई लाभांश वितरण गर्दै सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष १५ हजारसम्मको निःशुल्क औषधोपचार बिमा सुविधा पनि प्रदान गर्दै आएको छ।

Esewa
Crest

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार,आन्तरिक राजश्व विभागबाट स्वीकृति लिई विगत १९ वर्ष देखि छुट्टै यूनिटको रुपमा संचालित एनसीसीबैंक अवकाश कोषले देशभर रहेको आफ्ना १३९ शाखाहरु मार्फत संचयकोष, अवकाष कोष, उपदान कोष, संचित बिदा कोष लगायत अन्य कोषहरुको खाता खोल्ने, संचित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरुको संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरु गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS