Connect IPS
IME Life

मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपालीलाई सटही सुविधा दिन पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले मनिचेञ्जरलाई विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी देखाएर सटहीको सुविधा दिने पाउने व्यवस्था थप गरिदिएको छ । मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ को पहिलो संशोधनमा उक्त व्यवस्था थप गरिएको हो । यस्तो सुविधा थप गर्न चाहने मनिचेञ्जरले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिनु पर्नेछ ।

विनियमावली संशोधन गर्ने क्रममा मनिचेञ्जरले यस्तो इजाजतपत्रको लागि थप २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।  यस्तो सुविधा प्रदान गर्ने गरी इजाजतपत्रको लागि थप २ लाख रुपैयाँ धरौटी समेत जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले कुनै कारणवश तीन दिनसम्म मनिचेञ्जर बन्द गर्नु पर्ने भएमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ । यदि तीन दिन भन्दा बढी समयका लागि बन्द गर्नु पर्ने भएमा अनिवार्य रुपमा पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS