IME Life New

बुटबलमा रिलायन्स लाइफको कन्फ्ररेन्स तथा मोटिभेशनल ट्रेनिङ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बुटबलमा रिलायन्स साथी कन्फ्ररेन्स तथा मोटिभेशनल ट्रेनिङ कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा वुटवल क्षेत्र अन्तर्गत रुपन्देही , पाल्पा, कपिलवस्तु ,प्यूठानका गरि ३ सय रिलायन्स साथीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको समउदघाटन गर्दै प्रमख कार्यकारी अधिकृत राकेश पोख्रेलले रिलायन्स साथीहरुलाई आभार व्यक्त गर्दै रिलायन्स साथीहरुको क्षमता अभिबृद्वि, बीमा बिक्री कला तथा ब्यतिmत्व बिकासका लागि कार्यक्रम आयोजना गरिएको र यस्ता प्रकारका कार्यक्रमहरु आगामी दिनहरुमा निरन्तर संचालन गर्दे जाने बताए ।

Esewa
Crest

एक दशक भित्र नेपालीहरुको सर्बोकृष्ट रोजाईमा पर्ने कम्पनी रिलायन्स लाईफ इन्स्योरेन्स हुने बताए । कार्यक्रममा बीमा क्षेत्रका चर्चित मोटिभेशनल ट्रेनर बि. पी. रेग्मीको उत्कृष्ट मोटिभेशनल प्रस्तुती रहेको थियो।

क्षेत्रीय प्रबन्धक इन्द्र बिश्वकर्माको स्वागत मन्तब्य रहेको कार्यक्रममा कम्पनीका एजेन्सी सेल्स् हेड सूर्य प्रकाश गुप्ता र सन्दिप कसजुले रिलायन्स साथीहरुका सेवा सुविधा , सेल्स तथा मार्केटिङ सम्वन्धि कलाको विषयमा प्रस्तुतीकरण दिएका थिए । एमडिआरटी बिमल अधिकारी तथा सिनियर एजेन्सि मेनेजर शारदा खनालले अनुभव शेयर गरेका थिए भने कार्यक्रम संचालन बुटवल शाखाका शाखा प्रमुख प्रेम आर्चायले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS