Connect IPS
IME Life

नबिल बैंकले पायो नेशनल एचआर एक्सेलेंन्स अवार्ड २०२२

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले नेशनल एचआर एक्सेलेंन्स अवार्ड २०२२ प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो।

कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो। बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइराला लगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए । कर्मचारीहरुको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोहि छनौट समितीले नबिल बैंकलाई ुनेशनल एचआर एक्सेलेंन्स अवार्ड २०२२ अवार्ड दिने निर्णय गरेको हो ।

बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।

बैंकको वर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंंंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि नबिल बैंकले स्वास्थ्य मापदण्डको दायारा भित्र कर्मचारी ब्यवस्थापन गरिएको थियो ।

नबिल बैंकले स्टार बैंकरहरु समेत जन्माइसकेको छ । बैंकका १ हजार तीन सय १४ भन्दा बढि कर्मचारीहरु स्थायी रुपमा कार्यरत रहेका छन् । नबिल बैंकले यसअघि कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड पनि प्राप्त गरेको थियो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १४८ शाखा, १८८ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS