काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि लिएको आर्थिक बृद्धिको लक्ष्य पुरा नहुने भएको छ । तथ्याङ्क विभागका अनुसार चालु आर्थिक वर्षमा आर्थिक बृद्धि ५.८४ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ । जवकी सरकारले ७ प्रतिशतको लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा पनि ७ प्रतिशतको लक्ष्य लिइएकोमा ४ प्रतिशतले मात्रै बृद्धि भएको थियो ।
कोभिड १९ को प्रभाव चालु आर्थिक वर्षमा देखिएको छ । कोभिडले बन्द भएका कतिपय उद्योग अझै उकासिन सकिरहेका छैनन् । अर्को तर्फ पर्यटन क्षेत्र अझै पनि माथि उठ्न सकिरहेको छैन । वैदेशिक व्यापार घाटा उच्च हुँदै गइरहेको छ । चरम व्यापार घाटाका कारण बैदेशिक मुद्राको सञ्चिति नै खस्किदै गइरहेको छ ।