IME Life New

यूनियन लाइफद्धारा २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कसेनी ६ मोरङ घर भई हाल इटहरी नगरपालिका वडा नंवर २० सुनसरी मा स्थायी बसोबास गर्दै आउनु भएका ४० बर्षिय भारत गिरीको मृत्यु दावी बापत उनका हकवाला निलम गिरीलाई २१ लाख १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

२०७६ पौष २९ मा २० बर्षको लागि विमाङक २० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा योजना खरिद गरेका गिरीको कोभिड १९ को कारण मृत्यु भएको थियो ।

Esewa
Crest

२ किस्ता वापतको रकम रु १लाख ९४ हजार ७ सय ४८ रुपैयाँ मात्र बुझाएका गिरीको मृत्यु दावी रकमको चेक इटहरी २० तरहरा स्थित बीमितको घरैमा पुगेर प्रदेश नंबर १ का प्रमुख भुपराज पराजुली शाखा प्रमुख ऋषिराज पराजुली, एजेन्सी मेनेजर भवानी बानियाँ, लोक बहादुर तामाङ, ज्ञानेश्वर चौधरी को संयुक्त उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS