IME Life New

नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सव सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्र बैंकले आफ्नो स्थापनाको ६६औं वर्ष सफलता पुर्वक पार गरी ६७ औं वर्षमा प्रवेश गरेका पूर्वसन्ध्यामा खेलकुद कार्यक्रमको आयोजना गरी रक्त्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, पुर्व गभर्नरहरु, डेपुटी गभर्नर, पुर्व डेपुटि गभर्नर पुर्व अर्थमन्त्री, बैंकका पुर्व कर्मचारीहरु, बैंक तथा वित्तीय एशोसियसनका अध्यक्षहरु लगायत राष्ट्र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा राष्ट्र बैंकले पूर्व गभर्नर डा.तिलक बहादुर रावललाई सम्मान गरेको छ । हरेक वर्ष एक पूर्व गभर्नरलाई सम्मान गर्ने नीति अनुसार राष्ट्र बैंकका ११औं गभर्नर रावललाई सम्मान गरेको जनाएको छ ।

साथै, राष्ट्र बैंकले उक्त समारोहमार्फत बैंक सेवामा रही सेवा निवृत्ति भएका कार्यकारी निर्देशकहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको छ । यता राष्ट्र बैंकले २० वर्षै दिर्घ सेवा पदक १०८ जना कर्मचारीहरुलाई पनि सम्मान गरेको हो भने बैंकले २० वर्षै सेवा पदकबाट कार्यालय सहयोगीहरुलाई समेत सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै, पुर्व गभर्नर डा. तिलक बहादुर रावलले पछिल्लो समय राष्ट्र बैंकले केही गरेन भन्नु गलत रहेको बताएका छन् । राष्ट्र बैंकको ६७औं बार्षिक समारोहमा बोल्दै उनले बजेटले केही गर्न नसकेको अवस्थामा मौद्रिक नितीले गरेको दाबी गरेका हुन् । मौद्रिक नितीलाई लचकता बनाउन मुद्र स्फितिले सहयोग गरेको उनले बताए ।

साथै २० वर्षमा राष्ट्र बैंकले गरेको प्रगतीको श्रेयलाई कुनै दल, सरकारलाई दिन नमिल्ने समेत उनले बताए । देशले अझै आर्थिक घाटा व्यहोरिरहेको अवस्था छ । देशको अर्थतन्त्रमा दुर्घटना हुन लागेको कुरा सरकारले मनन गर्न जरुरी रहेको उनको भनाई छ ।

त्यसैगरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल करेन्सी यात्रातर्फ मुलुक अघि बढेको बताएका छन् । उनले कागजको नोट चलाउनबाट सुरु भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढेको बताए । कार्यक्रममा उनले अर्थतन्त्र बाहृय क्षेत्रको कारण दवावमा परेको समेत बताए । बाह्य क्षेत्रबाट अर्थतन्त्रमम परेको असरलाई समाधान गर्न राष्ट्र बैंक कहिले कसिलो त कहिले लचिलो हुनुपरेको समेत उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS