Connect IPS
IME Life

निर्जीवन बीमा कम्पनीले चैत महिनासम्ममा संकलन गरे २८ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काडमाडौं । आर्थिक वर्ष २०७८ /७९ को चैत मसान्तसम्ममा निर्र्जीवन बीमा कम्पनीहरुले २८ अर्ब भन्दा बढी कुुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ अनुसार निर्जीवन बीमा कम्पनीहरुले ९ महिनासम्ममा २८ अर्ब ७० करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हन्न् । त्यसैगरी यी कम्पनीहरुले चैत महिनामा मात्रै ३ अर्ब ४० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधि सम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ३ अर्ब ७१ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले २ अर्ब २३ करोड ९२ लाख रुपैयाँ कुल बीमा आर्जन गरेको छ । त्यसैगरी सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ७७ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, यस अवधिसम्ममा प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ६४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड ४१ लाख, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

समितिको तथ्याङक अनुसार यूनाइटेड इन्स्योरेन्स कम्पनीले १ अर्ब २१ करोड, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १८ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब १७ करोड, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३ करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् ।

करोडमा बीमा शुल्क आर्जन गर्ने कम्पनी
बीमा समितिको तथ्याङक अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीले ९२ करोड ७४ लाख रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ७२ करोड २४ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ७२ करोड ६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीले ६७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS