IME Life New

सिवाईसी नेपाल लघुवित्तको प्रि–अलोटमेन्ट सम्पन्न, बिहिवार बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ प्रि–अलोटमेन्ट सम्पन्न भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सोमवार आईपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी बिहिवार बैशाख १५ गते गर्ने जनाएको छ ।

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म सर्वसाधारणमा आईपीओ सार्वजनिक निष्काशन गरेको थियो । अन्तिम दिनसम्म कम्पनीको आइपीओ खरीदका लागि मागभन्दा ६९ दशमलव ५२ गुणा बढी आवेदन परेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार २२ लाख ७७ हजार ७४३ जना आवेदकहरुबाट २ करोड ५६ लाख ८८ हजार ४५० कित्ता शेयर खरीद माग भएको हो ।

Esewa
Crest

कम्पनीले निष्काशन गर्न लागेको कुलमध्ये जारी पूँजीको ० दशमलव ५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत शेयर अर्थात १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाड गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओ एनपी डबल बी माइनस रेटिङ पाएको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ ।

हाल संस्थापक समुहको ६७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीको चुक्तापूँजी ८ करोड २१ लाख ८ हजार रहेको छ । कम्पनीमा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुको पूँजी लगानी गरेको छ । कम्पनीले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रिय स्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।

विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थ कर्ताको कारोवार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि व्यवसायिक कारोबार सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS