IME Life New

एलआइसी नेपालले दियो अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडमा कार्यरत जीवन बिमा अभिकर्ताहरुलाइ लक्षित गरि, एक दिवसीय ‘‘बजारीकरण रणनीति र जीवन बिमा सम्बन्धि तालिम” प्रदान गरिएको छ ।

एल आइ सि नेपालमा कार्यरत एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरिको संयोजकत्वमा बुटवलमा सञ्चालित तालिममा बुटवल भैरहवा लगायतका साखा सहितका सेवा केन्द्रमा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

प्रशिक्षण कार्यक्रममा एल आइ सि नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एल पि दासले कार्यक्रमको उदघाटन गरी उत्कृष्ट कार्य गर्ने बीमा अभिकर्तालाई सम्मान गरेका थिए । बजारीकरण रणनीति र सदस्य सम्वन्ध विषयको सैद्धान्तिक पक्षको बारेमा बोल्दै नेपालमा रहेका १९ ओटा जीवन बिमा कम्पनिहरुमा रास्टृय बिमा सस्थान बाहेक अन्य कम्पनीको लागि एल आइ सि नेपाल कर्मचारी उत्पादन गर्ने थलो रहेको बताए।

तालिममा जीवन बीमा क्षेत्रमा आफ्नो ३० बर्षको अनुभव आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाएका बीमा बिज्ञ तथा कम्पनीका कार्यकारी प्रमुख दासले क्षमता बृद्धि तथा बजार ब्यवस्थापन सम्बन्धी मुलभुत तालिम तथा अभिप्रेरणा प्रदान गरेका थिए । सबैभन्दा पुरानो कम्पनी समय सान्दर्भिक आकर्षक बिमा योजना रहेकोले जसलाई जुन बीमाको आवश्यकता छ सोही अनुसार बीमा पोलिसी बिक्रि गर्न आग्रह गरे।

बुटवल साखाका साखा प्रवन्धक ज्योति कुमार पौडेलले संस्थाको गतिविधी र ब्याबसायको विषयमा र भैरहवा साखाका साखा प्रबन्धक सुदिप श्रेष्ठले संस्थाबाट प्रदान गरिएको पोलिसी सम्वन्धी सेवाहरुको बारेमा प्रशिक्षण गराएका थिए।

नेपाली बीमा क्षेत्रका अनुभवी तथा कार्यक्रमका प्रशिक्षक फडिन्द्र पुरिको प्रशिक्षणसँगै बीमा अभिकर्ताहरुले थप उत्साह मिलेको प्रतिक्रिया दिएका छन् ।अभिकर्ताहरुलाई आफ्नो कार्यदक्षता कायम राख्न स्व–अध्ययन र बिशेष तयारीका साथ आफु मातहतका अभिकर्ताहरुलाई नियमित रुपमा तालिम तथा उत्प्रेरणा दिन आवश्यक रहेको प्रष्ट्याएका थिए।

अभिकर्ताको तर्फबाट सीता यौपानेको सुभकामना, ज्योति पौडेलको स्वागत मन्तव्य कार्यक्रमको सञ्चालन अभिकर्ता लक्ष्मी केसिले गरेका थिए।कम्पनीको आर्थिक बर्ष २०७७र०७८ मा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता सम्मानार्थ आयोजित बिशेष समारोह बुटवल होटेल फ्लामिङोमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS