Connect IPS
IME Life

आज दुई इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदै, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज दुई कम्पनीको साधारण सभा हुँदैछ । आज सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदैछ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज चौथो वार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह्र ४ बजे गर्ने कम्पनीले जनाएको छ ।

सभाले संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण वार्षिक प्रतिवेदन, हिसाब नगद प्रवाह, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७७ /७८ को लेखापरिक्षक सुशिल एण्ड एशोसिएटस् चार्टर्ड एकाउन्टेन्स सुशिल घिमिरेको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने, कम्पनीको पूँजी वृद्धि गर्ने प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाब वा निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि २४औं वार्षिक साधारण सभा आज बैशाख ९ गते गर्ने भएको छ । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा लैनचौर ब्यङ्क्वेट, काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको प्रतिवेदन सहित हिसाब नगद नाफा, नोक्सान लगायतका वित्तीय विवरण तथा अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी बढाएर २ अर्ब ५० करोड पुर्‍याउने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, बोनश वितरण पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही बमोजिम कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, संशोधित प्रवन्धपत्र र नियमावलीमा फेरबदल गर्न नियामक निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत २४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS