काठमाडौं । नेपाल लाइफका संस्थापक शेयरधनी अनन्त कुमार गोल्याण र सुभाष चन्द्र संघईले आफ्नो नाममा भएको ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । गोल्याणले ५ लाख ९७ हजार ९२१ कित्ता र संघले ४०० कित्ता संस्थापक शेयर बिक्रीका लागि सञ्चालक समिति समक्ष आवेदन दिएका छन् ।
उनिहरुले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि सञ्चालक समिति समक्ष निवेदन दिएका छन् । नियम अनुसार उक्त शेयर विध्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न चाहेमा आजको ३५ दिन भित्रमा आवेदन दिनु पर्नेछ । यदि हाल कायम संस्थापक शेयरधनीहरुले खरिद गर्न नचाहेमा मात्रै सर्वसाधारणका लागि बिक्रीका लागि आह्वान गर्न सकिनेछ ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले नेपाल लाइफको केन्द्रिय कार्यालय कमलादीमा निवदेन दिन सक्ने छन् ।